उत्कृष्ट सासु, वुहारीलाई सम्मान

दिप्तीशिखा चौधरी

दंगीशरण, ३ असार ।

दंगीशरण गाउँपालिका वडा नं. ५ ले बुधवार सासु बुहारी सम्मान गरेको छ । ‘परिवार राम्रो भएमा मात्र समाज राम्रो हुन सक्छ’ भन्ने उद्देश्यले वडाले यस्तो कार्यक्रम संञ्चालन गरेको हो । समाजमा सासु बुहारीको सम्बन्ध राम्रो हुँदैन भन्ने भनाईलाई चीर्णकालागि यस्तो कार्यक्रम संचालन गरेको वडा अध्यक्ष दिपक गौतमले जानकारी दिए । ‘हाम्रो समाजमा सासु बुहारी बिच हुने झगडा, घृणा, ईष्र्यालाई चीर्णकालागि वडाका लागि र यो समाजका लागि एक उदाहरणीय कार्यक्रम हो । यस प्रकारको कार्यक्रमले समाजलाई पक्कै पनि परिवर्तन गर्छ भन्ने लागेको छ ।’ वडा अध्यक्ष गौतमले भने ।

कार्यक्रममा सम्मान पाएकि कुन्तीदेवी श्रेष्ठ आफुलाई उत्कृष्ट सासु बुहारीको रुपमा सम्मान गरेको भन्दै खुसी ब्यक्त गरिन । यस्तै नन्दी गिरीले हामी जस्तै हरेक घरका सासु बुहारीले सम्मान पाउँन भन्दै वडाले संचालन गरेको यो कार्यक्रम राम्रो लागेको बताईन । कार्यक्रममा वडाका ८ जना सासु बुहारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर