शिवराज अस्पतालबाट सेवालिने अन्यपालिकाले सहयाेग गरेन्न : शाह छिट्टै अाइसियु र भेन्ट्रिलेटर संचालनमा ल्याउनमा समितिकाे जाेड

कपिलवस्तु , भदाैं २२ ।

शिवराज अस्पताल अस्पताल सुधारका लागि व्यवस्थापन समितिले अाइसियु र भेन्ट्रिलेटर संचालनमा ल्याउने भएकाे छ। अाज बसेकाे अस्पताल व्यवस्थापन समितिकाे बैठकमा शिवराज अस्पतालमा कर्मचारीकाे अावश्यकतालाई मध्यनजर गर्दै २ वटा डाक्टर , १ सहायक फर्मासिस्ट, १/१ ल्याब टेक्निसियन र ल्याब अस्सिटेन्ट एवं १ जना अहेबकाे छिट्टै नै विज्ञापन खाेलिने निर्णय गरेकाे छ। त्यसैगरि कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले संसदिय काेषबाट २५ लाख एम्बुलेन्स खरिद तथा ३५ लाख पुर्वाधार निर्माणका लागि विनियाेजित रकम बैठकले अनुमाेदन गरेकाे छ। अस्पतालले अार्थिक बर्ष ०७७/०७८ मा दुई वटा अाईसियु र एउटा भेन्ट्रिलेटर संचालन ल्याउने भएकाे छ ,साथै डिजिटल एक्सरे मेसिन खरिद गरि सेवालाई थप सुधार गर्दे जाने बैठकले सर्वसम्मतबाट निर्णय गरेकाे छ। टेण्डर मार्फत अस्पताल भित्रै क्यान्टिन व्यवस्थापन गरिने छ भने अाजै ५ सदस्यीय अनुगमन समिति गठन गरि कार्यभार हस्तान्तरण गरिएकाे नि.मेसु डा. नफिस अहमद खां ले जानकारी गराउनुभएकाे छ। कृष्णनगर नगरपालिकाबाट विनियोजित गरिएकाे ५० लाख रकमबाट अप्रेसन थिएटर निर्माण शुरु भएकाे छ भने १५ बेडकाे अस्पतालका लागि भुमि पुजन भइसकेकाे अस्पतालका अध्यक्ष कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले बताउनुभएको छ । विगत केही दिनदेखि अस्पतालमा कर्मचारीकाे अभावले गर्दा सेवा प्रवाह गर्न असजिलाे भएकाले अाउने समयमा त्यस्ता समस्या नअाउने नगरप्रमुख शाहकाे भनाई छ। कृष्णनगर नगरपालिकाभित्र रहेकाे शिवराज अस्पतालले यहि नगरपालिकामात्र नभई शिवराज, महराजगंज नगरपालिका र विजयनगर गाउंपालिका समेतका सर्वासधारणले नि:शुल्क सेवा लिदै अाएका छन तर यस नगरपालिकाले मात्र रकम विनियोजन गरेकाले चारै पालिकाकाे जनतालाई सेवा पुर्याउन समस्या देखा परेकाे नगरप्रमुख शाहले बताउनुभयो ।सभार कपिलवस्तु टाइम्स

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर