सल्यानका गाडी धनीले दाङमा आफ्नै बस भित्रै विष सेवन गरी आत्महत्या गरे

भाद्र २७, दाङ ।

 सल्यानका एकजना गाडी धनीले दाङमा आफ्नै बस भित्रै विष सेवन गरी आत्महत्या गरेका छन्।

सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. १३ निवासी ३४ वर्षीय भरत बस्नेतले दाङ जिल्लाको तुलसीपुर स्थित बसपार्कमा पार्किङ गरेर राखेको आफ्नो बस भित्रै शुक्रबार विष सेवन गरि आ त्म ह त्या गरेका हुन।

बस्नेतले आफ्नो पार्किङ गरेर राखेको रा १ ख २१२२ नम्वरको बस भित्र शुक्रवार मध्यान्ह १२ बजेतिर विष सेवन गरि आ त्म ह त्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।

बस्नेतलाई राप्ती प्रादेशिक अस्पताल पुर्याए लगतै चिकित्सकले मृ’त घोषणा गरेको डिएसपी सिंहले बताए। बस्नेत आफै साहु र चालक हुन्।

डिएसपी सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर