सल्यानमा यस वर्ष २ करोड रुपैयाँ बराबरको स्याउ उत्पादन

२८ भदौ, दाङ ।

सल्यानमा यस वर्ष झण्डै २ करोड रुपैयाँ बराबरको स्याउ उत्पादन भएको छ । ५५ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको सल्यानमा यस वर्ष ३ सय ९० मेट्रिकटन स्याउ उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

उपयुक्त र भूगोल र हावापानी भएकाले पछिल्लो समय जिल्लाका किसानहरू स्याउ खेतीप्रति आकर्षित हुन थालेका छन् । कुमाख गाउँपालिका, शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, बागचौर नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकाका केही भागमा स्याउ खेती हुँदै आएको छ ।

यस वर्ष मौसमले राम्रो साथ दिएकाले स्याउ उत्पादनबाट किसानहरूले १ करोड ९५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको कृषि कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर