केन्द्रको सकिएपछि तुलसीपुर उद्योग बाणिज्य संघको अधिवेशन

शरद रेग्मी

तुलसीपुर, ३१ भदौ ।

तुलसीपुर उद्योग बाणिज्य सघंको आकस्मिक बैठक बिहीबार सम्पन्न भएको छ । सघंका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले आगामी अधिबेसनका लागि नेपाल उद्योग बाणिज्य महासघंको महाधिबेशन सम्पन्न भएको संघको बार्षिक साधारण सभा र नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।

सो अबसरमा बिषम परिस्थितिमा निर्बाचन हैन सर्ब सम्मत मार्फत नया कार्य समिति चयन गर्न पूर्वध्यक्षहरुले सुझाब दिए । कार्यक्रममा निबर्तमान अध्यक्ष बिमल रिजाल,संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत,पूर्वध्यक्षहरु गणेश प्रेम श्रेष्ठ,चिरन्जिबी रिजाल,उत्तम कुमार श्रेष्ठ,हेमन्त रिजाल,कानुनी सल्लाहकार प्रबिण लम्साल,सल्लाहकार सुरेश हमाल, नारायण प्रसाद खनाल,प्रेस सल्लाहकार शरद रेग्मी लगायतले कोभिड १९ का कारण सबैक्षेत्र अस्तब्यस्त भैरहेको भन्दै परिस्थिति सहज भएपछि मात्रै निर्बाचन सम्पन्न गर्नुपर्ने सुझाब दिएका थिए ।

कार्यक्रमको सहजिकरण महासचिब रुपबहादुर खत्रीले गरेका थिए । सो अबसरमा १ महिनाको घर भाडा छुट गरेको भन्दै सल्लाकार सुरेश हमाल र बरिष्ठ सदस्य यज्ञबहादुर केसीलाई सम्मान गरिएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर