दाङको तुलसीपुरबाट हाडनाता करणीको आरोपमा एक पक्राउ

तुलसीपुर, २ असोज ।
दाङको तुलसीपुरमा हाडनाता करणीको आरोपमा ३४ बर्षीय एक ब्यक्तिलाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार आज तुलसीपुर १३ बाट पक्राउ गरिएको हो ।
विहीबार दिउसो २ बजेतिर १५ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरि ईप्रका तुलसीपुरको हिरासतमा राखिएको छ । उनलाई बलात्कार र हाडनाता करणी सम्बन्धी मुद्दा चलाउने प्रहरीले बताएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । गोपनियतालाई ध्यान दिदै पीडकको समेत नाम सार्वजनिक गरिएको छैन् ।