राप्ती गाउँपालिकाको सिसहनियाँमा सोमवार १५ सैयाको अस्पताल सिलन्यास

तिर्थराज ज्ञवाली

तुलसीपुर, १५ मंसिर ।

राप्ती गाउँपालिकाको सिसहनियाँमा सोमवार १५ सैयाको अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरिएको छ । सिसहनियाँ स्वास्थ्य चौकी नजिकै सार्वजनिक जग्गामा १५ शैयाको आधारभूत अस्पताल निर्माणको काम थालनी गरिएको हो । प्रतिनिधिसभा सदस्य गंगा चौधरीले भवनको शिलान्यास गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५, १० र १५ शैया सम्मको अस्पताल नभएका स्थानीय पालिकाहरुमा अस्पतालको भवन बनाउने योजना अनुसार अस्पताल भवनको शिलान्यास गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

अस्पताल भवनका लागि आवस्यक पर्ने जग्गाको रुपमा हाललाई स्थानीय नागरिकको सहयोग तथा सरोकारवालाहरुको सहयोगमा करिव १३ कट्ठा सार्वजनिक जग्गा उपलब्ध गराइएको र थप जग्गाको लागि समेत पहल गरिने वडा नं ५ का अध्यक्ष गोवर्धन रावतले जानकारी दिए ।

१५ शैयाको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको र अस्पतालको भवन निर्माणका लागी सरकारले सम्वन्धित स्थानीय पालिकालाई आंशिक बजेट समेत पठाईसकेकाले तत्काल भवनको लागत ईष्टिमेट, डिपीआर तथा सोयल टेस्टको काम अघि बढाईने गाउँपालिकाका ईन्जिनियर अशोक बेल्वासेले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ शैयाको अस्पताल हुनेमा राप्ती गाउँपालिकाको सिसहनिया स्वास्थ्य चौकी, पश्चिम दाङको दंगीशरणमा श्रीगाउँ स्वास्थ्य चौकी, बबई गाउँपालिकाको पुरन्धारा स्वास्थ्य चौकी, शान्तीनगरको बाघमारे स्वास्थ्य चौकी र बंगलाचुली गाउँपालिकाको कमिरेचौर स्वास्थ्य चौकी रहेका छन् । यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर