दंगीशरण पोलिक्लिनिकमा निःशुल्क मधुमेह जाँच

तुलसीपुर, २० मंसिर ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क स्थित दंगीशरण पोलिक्लिनिक प्रालिले निःशुल्क मधुमेहकालागि रगत परीक्षण गरेको छ । पछिल्लो समय मधुमेहका विरामीहरु बढिरहेको भन्दै नागरिकलाई सहज परीक्षणको व्यबस्था गर्न एक दिने निःशुल्क परीक्षण सिविर सञ्चालन गरेको अध्यक्ष जीवराज चौधरीले बताए ।

उनका अनुसार शनिबार पोलिक्लिनिकमै उक्त शिविर चलाईएको हो । सोही शिविरबाट ५६ जनाले सेवा लिएका अस्पतालका प्रबन्ध निर्देशक डा. राजेश्वर अर्यालले बताए । जहाँ मधुमेहका विरामीको पछिल्लो अबस्थाका बारेमा जाँच गरिएको थियो । समय–समयमा मधुमेह जाँच गर्नुपर्छ, भन्ने भावनाको विकास गर्न पनि यस्ता खालका शिबिर आयोजना गर्ने गरिएको डा. अर्यालको भनाई छ ।

नेपाल मधुमेह समाज दाङका अध्यक्ष बिष्णु प्रसाद शर्मालगायतको सहभागिता उक्त शिविर सञ्चालन गरिएको हो ।

पोलिक्लिनिकले पछिल्लो समय नागरिकको सहज स्वास्थ्य पहुँचकालािग यस्ता शिविर आयोजना गर्दै आएको छ । यस अघि पनि निःशुल्क पाठेघरको क्यान्सर जाँच शिविरको आयोजना गरेको थियो । साथै प्रत्येक हप्ता बिशेषज्ञ डाक्टरको साथमा बिभिन्न सेवाहरु प्रदान गरिदै आईएको छ ।

कोरोनाको समयमा सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको छ । कोरोना संक्रमण न्यूनिकरणकालागि तुलसीपुर उपमहानगरपालिकालाई साबुनहरु समेत सहयोग गरेको थियो ।

सिकलसेल ऐनिमिया रोग निवारणमा समेत पोलिक्लिनिकले बिशेष भूमिका निर्वाह गर्दै आएको छ । अहिले कोरोनाको जोखिम बढेकाले गाउँ–गाउँमा सिकलसेल सम्बन्धि सचेतना प्रदान गर्न नसकिएको भन्दै कोरोना जोखिम कम भएसंगै यो अभियानलाई गाउँ–गाउँमा लैजाने अस्पतालका एमविविएस डा. अशोक पन्डितले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर