बेपत्ता सुनारको शव १३ दिन पछि अन्त्यष्टी
तुलसीपुर, ७ माघ ।
सवारी दुर्घटनामा परी बेपत्ता भएका विजय सुनारको शव १३ दिन पछि फेला परेको छ । बबई गाउँपालिका वडा नं. ६ कौशिलापुर निबासी १८ बर्षीय सुनारको शव १३ दिन पछि फेला परेको बबई गाउँपालिकाका प्रेस संयोजक प्रेम राम्जाले जानकारी दिए । उनको शव सुर्खेत गुर्भाकोट नगरपालिका वडा नम्बर ९ गरालेगौडा स्थित मंगलबार बेलुकी शव फेला परेको थियो ।
उनको शवलाई बबई गाउँपालिका वडा नं.६ चिसापानी घाटमा बुधबार अन्त्यष्टी गरिएको छ । गएको पुस २३ गते कालिमाटी सल्यान हुदै सल्लीबजार जादै गरेको ना ५ ख ७७५० नम्बरको बस दुर्घटना भएको थियो । सोही दुर्घटनामा परी उनी बेपत्ता भएका थिए ।