तुलसीपुर उद्योग बाणिज्य संघमा सर्वसम्मतिको प्रयास

शरद रेग्मी

दाङ,१४ माघ ।

तुलसीपुर उद्योग वाणिज्य संघको आसन्न अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नकालागी सवै राजनीतिक दलहरुका पदाधिकारीहरुबीच छलफल भएको छ । व्यावसायीहरुले आम व्यवसायीको हितकालागि सर्वसम्मत पहल गरिरहेका बेला राजनीतिक दलका नेताहरुले पनि सर्वसम्मत नेतृत्व चयन गर्नकालागी बाटो खुला गरेका थिए ।

छलफलमा नेपाली कांग्रेसका सभापति कीर्तिवहादुर खड्का, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, विनोद कुमार शर्मा, राप्रपाका बंशिकुमार शर्मा, राजमोका डिलाराम बुढाथोकी र जनता समाजवादीका नेता टोप वहादुर महताराले सहमतिकालागि सामूहिक नेतृत्व्कालागी पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपाका नेता टिकाराम खड्काले सर्वसम्मत नेतृत्वकालागी नेकपा तयार हुन व्यवसायीलाइ आग्रह गरे । उनले व्यवसायीहरु एक भएर आएमा पार्टीको कुनै हस्तक्षेप नहँुने बताए । तर उद्योग वाणिज्य संघको नयां नेतृत्व चयन गर्न दलिय भन्दा पनि व्यवसायीको हकहितमा काम गर्न सक्ने नेताहरुलाइ नेतृत्वमा ल्याउन आग्रह गरे ।

छलफल कार्यक्रममा नेपाली कांग्रेसका सभापति र्कीतिवहादुर खड्काले पार्टीको हस्तक्षेपमा व्यवसायी नेतृत्व आफुहरुले चाहेको बताउंदै हरेक संघसंस्थामा पार्टीका नेता हावी हुन नहुने बताए । मुलुकमा निजि क्षेत्रलाइ दलिय हस्तक्षेप भन्दा वाहिर रहेर नेतृत्व चुन्न आह्वान गरे । त्यसै क्रममा तुलसीपुरका नेकपाका नेता विनोद कुमार शर्माले पनि सर्वसम्मत नेतृत्व चयन गर्न कुनैपनि खाले राजनीतिक हस्तक्षेप नगर्ने अभिव्यक्ति दिए । उनले तुलसीपुर उद्योग वाणिज्य संघको एकताकै वलका कारण अहिले प्रादेशिक अस्पताल र विमानस्थल समेत सन्चालनमा आएको स्मरणगर्दै फेरी पनि तुलसीपुर उद्योग वाणिज्यसंघलाइ राजनीतिकमुक्त बनाएर व्यवसायीहरुको नेतृत्व चुन्ने अभ्यासमा लाग्न व्यवसायीहरुलाइ आग्रह गरे ।

तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष विरु रावतको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध््यक्ष विमल रिजालले सवै व्यवसायीहरुले अव व्यक्तिगत स्वार्थलाइ छाडेर व्यवसायीक हकहितकालागी सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नकालागी पहल गर्न आह्वान गरे । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्यसंघका सल्लाहकार शुरेश हमाल र नारायण खनालले पनि सहमतीमा नेतृत्व चयन गर्नकालागी आह्वान गरेका थिए । कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर