शान्तिनगरमा थप १६जना काेराेना संक्रमण पुष्टि, ३जना डिस्चार्ज सहीत १ महिलाकाे मृत्यु

शान्तिनगर- २३ बैशाख

बसन्ति वली

दाङकाे शान्तिनगर गाउँपलिका थप १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।आज थपिएका १६ जना संगै शान्तिनगरमा संक्रिय काेराेना संक्रमितकाे संख्या ६५ जना पुगेकाे छ । आज काेराेना संक्रमण पुष्टि भएका १६ जना सबैकाे अबस्था सामान्य रहेकाेले सबैलाई चिकित्सककाे सम्पर्कमा रहन परामर्श गरि हाेम आईसाेलेशनमा पठाईएकाे स्वास्थ्य संयाेजक पुनले जानकारी दिनुभयाे ।

साथै शान्तिनगर गाउँपलिका भित्र हाेम आईसाेलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूले कुनै समस्या भएमा चिकित्सक संग सम्पर्क गर्न अनुराेध गरिएकाे छ । शान्तिनगर गाउँपालिकाले संचालन गरेकाे धनाैरी स्वास्थ्य चाैकीकाे आइसाेलेसनमा ६ जनाकाे उपचार भइरहेकाे छ । आज जम्मा ३ जना डिस्चार्ज भएका छन् । यस्तै आज शान्तिनगरमा एक जना महिलाकाे काेराेनाबाट मृत्यु भएकाे छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर