तुलसीपुर र लमहीबाट पनि मतदाता नामावली भदौ १ गतेदेखी संकलन हुने
तुलसीपुर, ३१ साउन ।
आउदो भदौ १ गतेदेखी दाङको तुलसीपुर र लमहीबाट पनि मतदाता नामावली संकलन हुने भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लाका सवै नागरिकलाई पाएक पर्ने गरी आउदो भदौ १ गतेदेखी तुलसीपुर र लमहीबाट मतदाता नामावली संकलन हुने भएको छ ।
यस अघि जिल्ला निर्वाचन कार्यालयबाट मात्रै मतदाता नामावली संकलन हुदै आएको थियो । तर सवै नागरिकहरुको सहजताका लागी ईलाका प्रशासन कार्यालय तुलसीपुर र ईलाका प्रशासन कार्यालय लमहीबाट पनि मतदाता नामावली संकलन गरिने प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो ।