“तुलसीपुर नगर जेसिसद्वारा न्यानो कपडा वितरण “

तुलसीपुर, नगर जेसिसले चिसो समयमा मध्यनजर गर्दै मानव सेवा आश्रमलाई ब्लान्केट वितरण कार्यक्रम गरेको छ ।

तुलसीपुर गाइडहर स्थित मानव सेवा आश्रम लाई ५२ थान ब्लान्केट र १ थान तातो चिसो पानीकाे लागी वाटर डिस्पेन्सर प्रदान गरियको छ ।उक्त न्यानो कपडा समाजसेवी केशव सापकोटाले तुलसीपुर नगर जेसिसमा स्थापना गर्नुभयको अक्षकाेषकाे ब्याजले र दुर्घटनामा मृत्यु भयका आशिस बस्नेतका बुवाआमाले अनि गोरखा स्कुल अन्तर्गत कक्षा १० का विद्यार्थीहरु लगायतको संयुक्त सहयोग गरियको जेसी छवि कुमार वलीले जानकारी दिनुभयको छ ।

कार्यक्रममा शैक्षिक व्यक्तित्व दुर्गा के.सी. को प्रमुख आतिथ्यतामा जेसी संजय न्यौपानेको आस्थापाठ बाट सुरु भयको थियो भने कार्यक्रममा जेसीजका राष्ट्रिय उपाध्यक्ष नेत्रलाल भट्टराई पूर्व अध्यक्षहरु जेसी दिपेश भण्डारी, मोहन सुनार , लगायत बिष्णु भण्डारी र बामदेव सापकोटाले मन्तब्य राख्नु भयको थियो । धन्यबाद ज्ञापन जेसी तुफान सापकोटाले गर्नुभयो, भने कार्यक्रमको सहजीकरण महासचिब जेसी पूर्ण बहादुर डाँगीले गर्नु भयको थियो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर