दाङको राजपुरमा माओवादी केन्द्रको अग्रता कायमै
दाङ ३१ वैशाख ।
दाङको राजपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारको अग्रता कायमै छ ।
३ हजा ५०० मत गणना हुँदा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार चक्रबहादुर खड्का ९शिखर०ले १ हजार २९९ मत प्राप्त गरेका छन् । उनी निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार शरदकुमार बुढाथोकी भन्दा ३०६ मतले अगाडि छन् ।
बुढाथोकीले ९९३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार कुलराज गिरीले ८८५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पुष्पा यादव अगाडि छिन् । उनले १ हजार ३१३ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी उम्मेदवार धनपतिदेवी यादवले १ हजार २० मत प्राप्त गरेकी छन् । एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार सीता यादवले ८४५ मत प्राप्त गरेकी छन् ।