साफ महिला च्याम्पियनशिप : नेपालले भुटानलाई ४–० ले हरायो
काठमाण्डौ २२ भदाै ।
साफ च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भुटानलाई चार–शून्यले हराउँदै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरे । सावित्राले खेलको १२ औँ र ६८ औँ मिनेटमा गोल गरिन् भने अनिताले खेलको ५३ औँ र ८५ औँ मिनेटमा गोल गरिन् ।
यो जितसँगै समूह ’ए’ रहेको नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब भदौ २७ गते सोमवार श्रीलङ्कासँग खेल्नेछ । प्रतियोगितामा भोलि समूह ’बी’ को दुई वटा खेल हुनेछ । पहिलो खेलमा दिउँसो १ बजे भारत र पाकिस्तान खेल्दा दोस्रो खेलमा बेलुकी साढे ५ बजे बङ्गलादेश र माल्दिभ्सले खेल्नेछन् ।