कपुरकोटमा विहेको जीप दुर्घटना हुँदा ८ जनाकाे मृत्यु

तुलसीपुर १२ असोज ।
सल्यान कपुरकोटमा विहेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
कपुरकोट गाउँपालिका –३ वनस्पती नजिकै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांस कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी रहेका छन् ।
कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनका अनुसार बाँकेको ढकेरीबाट विहेको कार्यक्रम सकेर फर्किने क्रममा जीप दुर्घटनामा परेको हो । मृतकको नाम पहिचान हुन सकेको छैन ।
गाडी कच्याककुचुक भएको छ । रा१ज ५६३ नम्बरको डबल क्याप जीप बुधबार राति साढे एक बजे भएको हुन सक्ने अनुमान गरिएको छ ।