३१ औ अन्तरास्ट्रिय अपांग दिवस सम्पन्न

तुलसीपुर, १७ मङ्सिर ।
समावेशी विकासका लागि रूपान्तरित समाधान पहुँचयुक्त समतामुलक विश्वका लागि ऊर्जावान सृजनशीलताको प्रावधान भन्ने मूल नाराका साथ ३१औं अन्तर्राष्ट्रिय अपांग दिवस सम्पन्न भएको  छ ।अपांग समाज सुधार केन्द्रको मुख्य आयोजना तथा राप्ति बहिरा संघ, दाङ नेत्रहीन संघ, अपांगता सेवा केन्द्र, अपांगता सेवा संघको सह-आयोजना एवम् तुलसीपुर उपमहागरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा, अपांगता भएका ब्यक्तिहरुको नगर स्तरीय सञ्जालको समन्वयमा ३१ औं अन्तराष्ट्रिय अपांग दिवस मनाइएको हो ।

अपांग समाज सुधार केन्द्रको अध्यक्ष ईश्वरी प्रसाद खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा अपारलेअपांगता भएका ब्यक्तिहरुको धेरै समस्या हुने हुँदा रोजगार लगायत का कुरामा रजय गम्भीर हुनु पर्ने बताए । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले नगरका सबै नागरिकलाई खुसी र मानव मैत्री वातावरण उपलब्ध गराउने बताइन। उनले त्यसभित्र अपांगता भएकाहरुको लागि शिक्षा, रोजगार, स्वस्थ्यको कुनै समस्या नहुने र तुलसीपुर उपमहानगर पालिका अठोटका साथ काम गर्ने बताइन ।

यसैबीच दिवसका अवसरमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडद्वारा अपांगता भएका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तण गरेको थियो । सामाग्री हस्तान्तरण गर्दै लिमिटेडका ईश्वर प्रधानले अपांगता भएको व्यक्तिहरुको क्षमता फरक खालको र बिशिस्ट हुने भन्दै उनिहरुमा पनि साङ्ग भन्दा बढी क्षमता हुने तर्क गरे । दाङ नेत्रहीन संघका गणेश गन्धर्वले अपांग अनि दलित हुनुले आफूलाई सधै समाजबाट हेपाहा प्रवृत्ति हुने बताए । राज्यले दृष्टिविहीन अपांगहरुको व्यवस्थापनमा आवाज उठाउनु पर्ने उनले बताए । राप्ति बाहिर संघका अध्यक्ष रीता चौधरीले दोभासेको अभावमा सूचना सम्प्रेषणमा अवरोध हुने हुनाले पहुंचयुक्त वातावरणमा उपमहानगरपालिकाले दोभाषेको ब्यवस्था गरिदिन अपिल गरिन ।

उनले एकदिन आउने दिवसमा मात्र नभई हरेक दिन आफ्ना दबिएका आवाज उठाउन सबै अपांग व्यक्तिहरूलाई अपिल गरिन । संस्थाका कार्यक्रम संयोजक हुमकान्त कडेलले अपांगता भएका ब्यक्तिहरुको धेरै समस्या हुने हुँदा रोजगार लगायतका कुरामा राज्य गम्भीर हुनु पर्ने बताए । केन्द्रका सदस्य बचुराम नेपालीले स्वागत मन्तव्यबाट सुरु भएक कार्यक्रमको सञ्चालन संस्थाका खिन्टु गिरीले गरेका थिए

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर