दाङमा बिमला वली नेकपाको उमेद्वार

दाङ :- नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले दाङ क्षेत्र नम्वर ३ प्रदेश‘ख’मा बिमला वलीलाई उमेद्वार बनाउने भएको छ । शनिबार बसेको नेकपाको सचिवालय बैठकमा दाङमा हुने प्रदेशसभाको निवार्चनमा वलीलाई टिकट दिने बिषयमा अनौपचारिक निर्णय भइसकेको छ ।

नेकपा उच्च स्रोतका अनुसार वलीलाई टिकट दिन सचिवालयका सबै सदस्य सहमत छन् । औपचारिक निर्णय भने अब बस्ने सचिवालय बैठकले गर्नेछ । दाङ क्षेत्र नम्वर ३ प्रदेशसभा‘ख’का सांसद उत्तरकुमार वलीको दुर्घटनामा निधन भएपछी खाली भएको थियो । त्यस क्षेत्रमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । नेकपाले उमेद्वार बनाएकी बिमला स्वर्गीय सांसद वलीकी धर्मपत्नी हुन् ।

उत्तरकुमार वली पश्चिम दाङमा विकास प्रेमी नेताका रुपमा परिचित थिए । उनले काँग्रेस नेता बुद्धीराम भण्डारीलाई करिब ७ हजारको मतान्तरले पराजित गरेका थिए । नेकपा दाङले उपनिर्वाचनकालागि बिमला वली,चूर्णबहादुर वली र शोभाराम बस्नेतको नाम सिफारिस गरेको थियो । स्रोतका अनुसार नेकपाका नेताहरुले शोभाराम बस्नेतलाई अब हुने राष्ट्रियसभा सदस्यको उमेद्वार बनाउने सहमती समेत गरेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर