बढ्दै उपनिर्वाचनको चहल–पहल, प्रचण्ड दाङ आउने
तुलसीपुर, १७ कात्तिक ।
चाडपर्ब सकिएसंगै दाङमा पनि उपनिर्वाचनको चहलपहल शुरु भएको छ । दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा उपनिर्वाचन हुँदैछ । सोही क्षेत्रमा हुने उपनिर्वाचनकालागि साझा पार्टी र जनमोर्चाले उम्मेदवार घोषणा गरिसकेका छन्, भने अन्य पार्टीहरुले अझै उम्मेदवारको टुंगो लगाएका छैनन् । यसैबीच उपनिर्वाचनलाई लक्षित गरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्तिक २० गते दाङ आउने भएका छन् ।
नेकपा दाङले तुलसीपुरमा आयोजना गर्ने बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड आउने नेकपा दाङका प्रचार बिभाग उपप्रमुख आजाद खड्काले बताए । साथै कार्यक्रममा सहभागि हुन महासचिब बिष्णु पौडेललगायत नेताहरुको सहभागिता रहने नेकपा तुलसीपुरका अध्यक्ष खुसीराम चौधरीले बताए ।
प्रशिक्षण पार्टी एकता, पार्टीको नीति बिचारलगायतका बिषयमा पनि केन्द्रित हुने अध्यक्ष चौधरीले बताए ।