आगलागी पीडितको घर बन्ने

देविराम कुसारी

गोल्टाकुरी, १७ कात्तिक ।

पत्रकार महासंघ दाङका केन्द्रिय सभासद देविराम कुसारी र उनकी बहिनी मोडेल सन्जु केसीको पहलमा आगलागी पीडितको घर निर्माण हुने भएको छ । दाजु वहिनिको पहलमा संकलन भएको रकमले दाङको दंगीशरण गाउँपालिका वडा नं. २ बंगलापुरका आगलागी पीडित रते कामीको नयाँ घर निर्माण हुने भएको हो ।

गएको वैशाख १२ गते बाघेचिरा जंगलमा लागेको आगो घरमा सल्किदा विकको सम्पूर्ण क्षति भएको थियो । लामो समयसम्म पनि विकले घर बनाउन नसकेपछि पत्रकार कुसारीको आग्रहमा मोडेल केसीले अष्ट्रेलियामा र पत्रकार कुसारीले नेपालमै सहयोग संकलन गरेका थिए ।

यसरी संकलन गरेको रकमवाट पहिलो पटक २ हजार पक्की इट्टा, २५ वोरा सिमेन्ट, साढे एक बण्डल जस्तापाता विकको श्रीमतीलाई हस्तान्तरण गरिएको छ । दंगिशरण २ का वडा अध्यक्ष तुलसीराम देवकोटा, वडा सदस्य नन्दराम खत्री, सि यम पि आर का शान्ति स्वयम् सेवक र स्थानीयको रोहवरमा सो सहयोग सामाग्री हस्तान्तरण गरीएको हो ।

मिस राप्ती, मिस हिमालयन समेत भैसकेकी, हाल अष्ट्रेलियमा अध्ययनरत केसीले अझै पनि अत्याआवश्यक सामाग्री अष्ट्रेलियामा रहेका साथिहरुको सहयोगमा पूरा गर्न पहल गर्ने वताएकी छिन् । विक परिवारले यो समाग्रीवाट घर निर्माण गरिसके पछि लत्तकपडा पनि सहयोग पर्दान गर्ने पत्रकार कुसारीले वताएका छन् । घरमा आगलागी भएको ८ महिना सम्मपनि विक परीवार अर्काको घरमा बस्दै आईरहेको छ । विक परीवार आगलागीको पिडामा मात्रै छैन छोरीको उपचार खर्च वाट पनि पीडित भएको छ । आफ्नो घर आगलागी भएपछि सहारा दिदै आएकी विकको छोरीको पनि विजोग भएको छ । तुलसीपुर उमनपा १३ फुलवारीकी विककी छोरी संगिता विकको माटोको ढिस्कोमा पुरीदा खुट्टा भाचिनुका साथै गम्भीर घाईते भएकी छन् । छोरी संगिताको हाल शुष्मा मेमोरियल अस्पताल काठमाण्डौंमा उपचार भैरहेको छ । रते छोरीको उपचारका लागी एक महिना देखी काठमाण्डौंमा रहेको हुदा श्रीमत र सन्तान अरुकै घरमा साहारा लिएर वसेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर