निर्वाचनमा खट्ने अनेरास्वीयूले निर्णय
तुलसीपुर, २१ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी( नेकपा) निकट दुई विद्यार्थीसंगठनबीच एकता भई बनेको अनेरास्वीयू दाङ कार्यदलको बैठक भएको छ ।
साबिक अखिल क्रान्तिकारीका केन्द्रीय सचिब बिष्णु चौधरी र गोपाल घर्तीको सहभागितामा बसेको कार्यदल बैठकले दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा हुन लागेको निर्वाचनमा खट्ने निर्णय गरेको छ । त्यस क्षेत्रमा नेकपाले बिमला ओलीलाई उम्मेदवार बनाएको र ओलीलाई जिताउन विद्यार्थी परिचालन गर्नेे निर्णय गरेको हो ।
साथै बैठकले दाङमा रहेका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा संगठन पुर्नगठन गर्ने, भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी मिचेको भन्दै बिरोध जनाउने निर्णय भएको हो ।
बैठकमा बिद्यार्थी नेता सुरेश रावत, बिरबल खड्का, जंग रोकालगायतको सहभागिता रहेको थियो ।