दाङका एक जनप्रतिनिधिको मृत्यु
तुलसीपुर, २१ मंसिर ।
दाङ शान्तिनगर गाउँपालिका वडा नं. ४ का वडासदस्य पुनिराम कामीको मृत्यु भएको हो । लामोसमयदेखि खुट्टाको बिरामी भएर थला परेका उनको ८१ बर्षको उमेरमा शनिबार विहान १ बजेतिर मृत्यु भएको हो । उनी तत्कालिन एमालेको तर्फबाट वडासदस्य निर्वाचित भएका थिए ।
त्यस्तै कामी २०५४ सालको स्थनीय निकायको निर्वाचनबाट शान्तिनगर गाउँपालिका वडा नं. २ को वडाध्यक्ष समेत भएका थिए । सोही वडाको कजेरेटोल निवासी कामी शान्तिनगर गाउँपालिकाका बिभिन्न संस्थाहरुमा समेत क्रियाशिल थिए । उनको निधनप्रति शान्तिनगर गाउँपालिकाले दुःख ब्यक्त गरेको छ ।
गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले एक शोक बक्तब्य जारी गरि उहाँको निधनले समग्र गाउँपालिकालाई नै क्षति भएको बताए । लामोसमय सामाजिक सेवा तथा जनप्रतिनिधि भएर काम गरेका कामीसंग लामो अनुभव भएको भन्दै उहाँको निधनले ठूलो क्षति पु¥याएको वडा नं. ४ का वडाध्यक्ष धनबहादुर केसीले बताए ।