बंगलाचुलीमा साढे ४ करोड संघीय अनुदान

जीवन नेपाली

कमिरेचौर,९ पुस ।

दाङको बिकट क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकाले बिकस निर्माणको कार्यलाई तिब्रता दिएको छ । अहिले गाउँपालिकाको कमिरेचौरमा १५ शैय्याको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष भक्तवहादुर ओलीले बताउनुभो । त्यस्तै अहिले धेरै वडाहरु भाडाको भवनमा चलिरहेका छन् । ति वडाहरुको आफ्नै भवन निर्माणको काम तिब्र रुपमा अघि बढेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको वडा न.ं ५,६,७ र ८ वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष ओलीले बताउनुभयो ।

साथै अहिले गाउँपालिकाले खानेपानी, बहुउद्देश्यीय सभाहल, खेलकुद मैदान, आधारभूत स्वाथ्य केन्द्र भवन,सडकहरुको काम धमाधम अघि बढिरहेको उहाँको भनाई छ ।‘ हाम्रो गाउँपालिका बिकट क्षेत्रमा रहेको छ’ उहाँले भन्नुभयो‘ तर पनि हामीले पछिल्लो समय बिकासको गतिलाई तिब्रता दिएका छौं ।’ अहिले जिल्ला सदरमुकाम घोराहीदेखि गाउँपालिकाको केन्द्र किमिरेचौरसम्म जोड्ने सडकको समेत स्तोरन्नती भएको भन्दै यसले थप सहजता भएको छ ।

साथै गाउँपालिकामा गाउँपालिकामा रहेका गरीब परिवारहरुको खरको छाना बिस्थापन गर्नकालागि संघीय सरकारले तीन करोड अनुुदान दिएको अध्यक्ष ओलीको भनाई छ । साथै पर्यटकीय क्षेत्रको विकासकालाग पनि गाउँपालिकाले काम अघि बढाएको उहाँको भनाई छ । अहिले गाउँपालिकाको वडा नं. २ धिमधिमेमा पर्यटन पूर्वाधार विकासकालागि एककरोड ५० लाख रुपैँया बजेट आएको छ । संघीय समपुुरक अनुुदान अन्र्तगत यी बजेटहरु आएको हो । साथै गाउँपालिकाले सबै वडाहरुलाई जोड्ने सडक, अन्य जनतासंग जोडिएका विकास निर्माणका कामलाई तिब्रताकासाथ अघि बढाएको उहाँको भनाई छ । आफ्नो कार्यकालमा गाउँपालिकालाई समृद्ध बनाउने योजना अनुसार आफुले काम अघि बढाएको समेत उहाँको भनाई छ ।

स्थानीय सरकार भनेको जनताको नजिकको सरकार भएको भन्दै आफुले यस बिषयमा गम्भीर भएर काम गरिरहेको अध्यक्ष ओलीको भनाई छ । जनताका हरेक विकासका योजनाहरु समयमै पूरा गर्ने गरि गाउँपालिकाले कदम अघि बढाएको समेत उहाँको भनाई छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर