ग्वारखोलाका पुल निर्माण गर्ने ईञ्जिनियरलाई सम्मान

दीपक बोहरा

तुलसीपुर, १० पुस ।

दाङको घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत ग्वारखोलाको पुल निर्माण गर्ने ठेकेदार कम्पनीलाई सम्मान गरिएको छ । बिजौरी उद्योग बाणिज्य संघले पुल निर्माणको सम्झौता भन्दा अघि नै पुल निर्माण गरेको भन्दै बिहीबार पुल निर्माण ठेकेदार कम्पनी कालीका रसुवा जेभिका ईञ्जिनियर सिनेटमान श्रेष्ठलाई सम्मान गरेको हो ।

निर्माण अबधीभन्दा ७ महिना अघि नै काम पूरा गरेको भन्दै सम्मान गरिएको बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष मुकेश ओलीले बताए ।‘ अहिले घोराही–तुलसीपुर सडक खण्डबीचका धेरै पुलहरु अलपत्र भएको अबस्थामा रहेको , पाँच बर्षसम्म पनि निर्माण कार्यले पूरा नपाएको अबस्थामा ग्वारखोलाको पुल निर्धारित समयभन्दा छिटो पूरा गरेको भन्दै सम्मान गरेका हौं’ उहाँले भन्नुभयो‘ यो पुल समयमै निर्माण भएपछि बिजौरी र तुलसीपुरलाई जोडेको छ ।’

यो पुल समयमा निर्माण नहुँदा बर्षादको समयमा बिजौरी तुलसीपुर गर्न असहज हुने अबस्था रहेको भन्दै यो पुल निर्माण भएपछि सहज भएको बिजौरी उद्योग बाणिज्य संघका महासचिब बिरेन्द्र खड्काले बताए ।

यो पुल निर्माण शुरु हुदादेखि नै आफुहरुले नियमित निगरानी गरिरहेको भन्दै संघका उपाध्यक्ष लेखनाथ खत्रीले भने ‘ यो पुल निर्धारित समयभन्दा छिटो पूरा भयो, यसरी समयभन्दा छिटो पुल निर्माण गर्ने कम्पनीलाई सम्मान गर्नुपर्छ ।’

त्यस अवसरमा आफ्नो कामप्रति जिम्मेवार भए समयमै काम पूरा गर्ने कार्यमा कुनै अबरोध नहुँने ईञ्जिनियर श्रेष्ठले बताए ।‘ कामप्रति प्रतिबद्ध हुनुपर्छ’ उनले भने‘ ईमान्दारिता मात्रै भए काम निर्धारित समयमै पूरा हुन्छ ।’

अहिले आफुहरुले निर्धारित समयभन्दा छिटो पुल निर्माण गरेको भन्दै अब यो पुलको सुरक्षा गर्ने जिम्मा यहाँका सरोकारवालाहरुको रहेको समेत उनले बताए । ‘ हामीलाई पुल निर्माण गर्ने जिम्मा थियो, त्यो जिम्मा हामीले पूरा ग¥यौं’ उनले भने‘ अब यो पुललाई सुरक्षित गर्ने जिम्मा हजुरहरुको हो , यसलाई सुरक्षित र दिगो बनाउनुहोला ।’

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष माधव ओलीले अहिले दाङमा कच्चा पदार्थ अभावमा विकास निर्माणको काम अबरुद्ध भएको भन्दै यो कार्यलाई सहज बनाउनुपर्ने बताए ।

समयमै पुल निर्माण भएपछि अहिले यात्रुहरुलाई आवतजावतमा सहज भएको छ । यस अघि बर्षादको समयमा आवतजावतमा निकै समस्या हुने गरेको थियो । तर अहिले निकै सहज भएको छ । २०७४ बैशाखदेखि काम शुरु गर्नेगरि सम्झौता भएको थियो, तर बिभिन्न कारणले माघदेखि मात्रै काम शुरु भएको थियो । उक्त पुल निर्माण गर्ने समय आगमी बैशाखसम्म भएपनि मंसिरमा पूरा भएको छ ।

ग्वारखोलाको दुई कपडादेवि–जहदा गाउँ जोड्ने पुल र घोराही–तुलसीपुरसडकमा पर्ने दुवै पुल निर्माणकालागि ४७ करोड छुट्याएको र त्यही बजेटमा दुईवटा पुल निर्माण भएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर