तुलसीपुरबाट ९ सडक मानवको उद्दार

तुलसीपुुर, ११ पुस ।

दाङको तुलसीपुरबाट नौ जना सडक मानवलाई उद्दार गरिएको छ । बिहीबार राति उनीहरुलाई उद्दार गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेसहितको टोलीले तुलसीपुरबाट उद्दार गरि मानव सेवा आश्रम देउखुरी पठाएको हो । वेबाहारा अबस्थामा रहेको उनीहरुलाई उद्दार गरिएको हो ।

यस अघि उनीहरु जाडोमा कठ्याङ्ग्रीएर रात विताउने गरेको भन्दै उनीहरुलाई उद्दार गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुम घनश्याम पाण्डेले बताए । प्रदेश नं. ५ सरकारले नै अघि सारेको यो कार्यक्रम सबै सहरमा पुग्ने छ ।

प्रदेश नं. ५ भित्रका सबै सहरलाई सडक मानव मुक्त बनाउने अभियान थालिएको छ । अस अघि दाङको घोराहीबाट पनि सडक मानवलाई उद्दार गरिएको छ । सुन्दर र सभ्य सहर निर्माणकालागि सडक मानब मुक्त बनाउनु पर्ने प्रमुख पाण्डेको भनाई छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर