चट्याङले लाग्दा १० लाख बढीको क्षती, खानेपानी बितरण कार्य पनि प्रभावित
घोराही, २६ माघ ।
हिजोको चट्याङले दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा जडान गरिएका उपकरण जलेका छन ।
हिजो दिउँसो हावाहुरी र पानीसगै परेको चट्याङले लागेर भरतपुर खानेपानी उपभोक्ता समितिको कार्यालयका रहेको विद्युत मिटरबक्स,विद्युतीय तार, ब्याट्री, कम्युटर,टेलिफोन, जेनेरेटर र तीन वटा डिप बोरिङमा जडान गरिएका मोटरहरु जलेका छन ।
चट्याङ लाग्दा १० लाख बढीका उपकरण जलेर नष्ट भएको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष शंकर गौतमले जानकारी दिनुभयो । खानेपानीका तीन वटा मोटर जलेका कारण एक हप्तासम्म खानेपानी बितरण कार्य प्रभावित हुने र तीन दिनसम्म कार्यालयबाट प्रवाह गरिने महसुल जम्मा गर्ने लगायतका कम्युटरका माध्यमबाट हुने सेवा बन्द गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
नयाँ उपकरण खरिद गरी सेवा सुचारु गर्नका लागि आज देखि नै काम थालिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । एउटा डिप बोरिङ मात्रै हाल सञ्चालनमा रहेका कारण उपभोक्ताको धारामा एक हप्तासम्म केहि मात्रै खानेपानी आउने उहाँको भनाई छ ।।