खेलमा अब्बल ‘गोरखा’
दीपक बोहरा
तुलसीपुर, ३ फागुन ।
गएको मंसिरमा भएको १३ औं दक्षिण एसियाली गेम(साग)मा दाङका अरुण रिजाल, सिमान पाण्डे र अर्णव घिमिरे नेपालकै प्रतिनिधित्व गरे । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित गोरखा माध्यामिक विद्यालयमा अध्ययनरत अरुणा र सिमानले एथ्लेटिक्स र सिमानले सुटिङ्ग खेलमा नेपालको प्रतिनिधित्व जनाएका थिए ।
त्यस्तै गोरखाकै विद्यार्थीहरुले भर्खरै भएको क्वीक्स् ईन्टर स्कुल फुटबल प्रतियोगितामा प्रदेश नं. ५ को प्रतिनिधित्व गरे । प्रदेश नं. ५ का सवै विद्यालयलाई पछि पार्दै उनीहरु क्वीक्समा प्रतिनिधित्व गरेका हुन् ।
गएको बर्षभभएको ११ औं राष्ट्रिपति रनिङशिल्डमा राष्ट्रिय स्तरमै गोरखाले ११ वटा गोल्डमेडल हात पार्न सफल भएको थियो । जुन अहिलेसम्मकै एतिहासिक रहेको गोरखा स्कुल तुलसीपुरका खेल संयोजक मोहन सुनारले बताए ।
त्यस्तै दाङमै भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सिमान पाण्डे र अरुणा रिजालले एथ्लेटिक्समा कास्यपदक हात पार्न सफल भएका थिए, भने गोरखाकै अर्णव घिमिरेले सुटिङमा गोल्डमेडल प्राप्त गर्न सफल भएका थिए ।
भर्खरै सम्पन्न १२ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता तथा दोस्रो नगरस्तरीय खेलकुद प्रतियोगितामा गोरखाले उपाधी हातपार्न सफल भएको छ । यो संगै गोरखाले चौथो पटक राष्ट्रपति रनिङशिल्डको उपाधी हात पार्न सफल भएको खेल संयोजक सुनारले बताए । गोरखाले खेल क्षेत्रको विकासकालागि अहिले १२ लाख रुपैँया खेलकुद छात्रबृति समेत प्रदान गरेको छ ।
पछिल्लो समय गोरखाले खेल क्षेत्रमा फड्को मारेको छ । विद्यालयको खेल क्षेत्रमा लगाव भएकै कारण खेलमा उत्कृष्ट स्थान हाँसिल गर्न सफल भएको गोरखा ग्रुपका शैक्षिक निर्देशक दुर्गा केसीले बताए ।‘हामीले खेल क्षेत्रमा धेरै लगानी गरेका छौं, खेल नै समृद्धिको आधार हो, शिक्षा मात्रै नभई खेलको विकासमा पनि विद्यालयले ध्यान दिनुपर्छ’ उनले भने‘ सोही अनुसार हामीले खेलकुदलाई अघि बढाएका छौ्र, यसकै परिणाम स्वरुप हामीले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छौं ।’
विद्यालयलाई खेलसंग जोड्न प्रत्येक बर्ष खेल सप्ताहको आयोजना गर्दै आएको प्रिन्सीपल बिजयमान जिएमले बताए । सोही अनुसार यस बर्ष ९ औं बार्षिक खेलकुद प्रतियोगिता आयोजना गरेको उनले बताए । यसैबीच यस बर्षको खेलकुद सप्ताहको शुक्रबार समापन गरिएको छ । विद्यालयले एथलेटिक्सतर्फका ट्रयाक तथा फिल्ड, म्याराथन दौड,छात्र फुटबल, क्रिकेट, स्लो बाईक रेस, जुनियर लेवलका विभिन्न बिद्यामा प्रथम,दोस्रो र तृतिय स्थान हासिल गर्ने छात्र÷छात्रालाई पुरकार मेडल तथा प्रमाणपत्र प्रदान गरेको थियो ।
गोरखा ग्रुपका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद विकास समिति दाङका निवर्तमान अध्यक्ष डिल्लीबहादुर डाँगीले देशको समृद्धि नै अब खेलकुद क्षेत्रले निर्धारण गर्ने बताए । साथै उनले शिक्षा र खेलकुद क्षेत्रमा गोरखा माबि अब्बल रहेको भन्दै प्रसंसा गरे ।
कार्यक्रममा विद्यालयका सल्लाहकार राप्ती बबई क्याम्पसका अध्यक्ष विष्णुकुमार देवकोटा,१९ नं बाहिनीका मेजर युवराज खत्री,ईलाका प्रहरी कार्यालयका डिएसपी हरिहरनाथ योगी, राष्ट्रिय परिक्षा बोर्ड प्रदेश नं ३ का प्रदेश प्रमुख जयन्ती सत्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गोरखा ग्रुपका उपाध्यक्ष डोर बहादुर जिसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण शिक्षक कमल भण्डारीले गरेका थिए ।