शान्तिनगर गाउँपालिका स्तरिय रास्ट्रपति रनिङ शिल्ड हुने
लक्ष्मण बस्नेत फागुन ४ दाङ
शान्तिनगर गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ ! शान्तिनगर गाउँपालिका को आयोजना तथा बि.पि. कोईराला नमुना मा.बि.बयाले सिमतारा शान्तिनगर ३ को संयोजनमा यहि फागुन ७ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो !
तीन दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल,कबडी, छात्र/छात्रा,ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र / छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र/छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र/छात्रा बिच कडा प्रतिस्पर्धा हुने बिधालयका शिक्षक तथा प्रतियोगिता अभिलेख ब्यबस्थापन उपसमितिका संयोजक खेम राज तिवारी ले जानकारी दिनु भएको छ !
प्रतियोगितामा शान्तिनगर गाउँपालिका क्षेत्र का सामुदायिक तथा निजि गरि १० बिधालय को सहभागिता रहनेछ भने बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र/छात्रा ले मात्र भाग लिन पाउनेछ्न् ! यसैबिच प्रतियोगिता को सयोजनको जिम्मा पाएको बि.पि. माबी बयाले सिमतारा ले रनिङ शिल्ड प्रतियोगिता को तयारी लाई तिब्र पारेको छ !
बिधालयका प्रधानाध्यापक भागवत न्यौपाने सदस्य सचिव रहेको प्रतियोगिता मुल आयोजक समिती को मातहतमा रहने गरि विभिन्न उपसमिती गठन गरि आफ्नो तयारी लाई तिब्र पारिएको बिधालय ले जनाएको छ |