शान्तिनगरका तीन वटा वडामा राहत वितरण

निराश पाण्डे

शान्तिनगर, २५ चैत ।

दाङको शान्तिनगर गाउँपालिकाले तीन वटा वडामा राहत वितरण गरेको छ ।

वडा नं. ४, ५ र ६ मा राहत वितरण गरेको छ । शान्तिनगर गाउँपालिकाले

वडा नं. ५ का अतिबिपन्न ३५ घर परिवारलाई राहत बितरण गरेको हो ।

वडाका बैंसा, ढोरेनी, बाघढोइ , रंगैजा र जम्पुरका अति बिपन्न घर परिवार लाई २५ केजी चामल, १ लिटर तेल , १ किलो नुन, ४ किलो दाल घरमै पुगेर वितर(ा गरेको हो ।

वडाअध्यक्ष गिरिराज बस्नेतले राहत सामाग्री घरमै लिएर वितरण गरेका हुन् ।

लकडाउनका कारण सांझ बिहानको छाक टार्न मुस्किल हुनेको पहिचान गरि राहत वितरण गर्न सुरु गरेको हो । वडा अध्यक्ष गिरिराज बस्नेतसहित सदस्यहरु डिल्ली बहादुर खड्का , मैमी बि क र लक्ष्मण प्यारी चौधरीको सहभागिता थियो ।

त्यसैगरी शान्तिनगरगाउँ पालिका वडा नम्बर ४ ले पनि सोमबार ११५ बिपन्न घर परिवारलाई राहत सामाग्री बितरण गरेको वडाध्यक्ष धन बहादुर केसीले बताए ।

साथै वडा नं. ६ मा पनि सोमबार नै ३४ घर परिवार लाई राहत वितरण गरिएको छ । साथै बाँकी ३२ घर परिवार लाई मंगलबार राहत सामाग्री बितरण गरिने अध्यक्ष बुढाथोकीले जनाए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर