तुलसीपुरबाट मेटमनी राहत कोषमा ३८ क्वीन्टल चालम
तुलसीपुर, २९ चैत ।
माननीय मेटमनी चौधरी राहत कोषमा तुलसीपुर १८ र १९ बाट ३८ क्वीन्टल चामल सहयोग गरिएको छ । कोरोना भाइरस(कोभिड–१९) फैलिन नदिन तथा रोकथामकालागि सरकारले गरेको लकडाउनको समयमा नागरिकलाई पर्न सक्ने समस्यालाई मध्येनजर गरि सञ्चालनमा ल्याईएको कोषमा तुलसीपुर १८ विजौरी स्थित असहाय वाल विकास नेपालका अध्यक्ष बिष्णु चौधरीले १५ क्वीन्टल, विजौरी उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीबाट ७ क्वीन्टल, सेवा चिम्नी इट्टा उद्योगका सुरेश बस्नेतबाट ६ क्वीन्टल, तिलक बस्नेतबाट ५ क्वीन्टल, गेहेन्द्र बस्नेतबाट ५ क्वीन्टल सहयोग गरिएको हो ।
यस्तो बेला सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने भन्दै आफुहरुले सहयोग गरेको असहाय वाल विकास नेपालका अध्यक्ष बिष्णु चौधरीले बताए । साथै उनले अबको केही दिनमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ र १९ का एकहजार घरधुरीलाई एक÷एक कठ्ठा चामल सहयोग गर्ने समेत बताए । गरीब, अतिविपन्न तथा पिछिडिएका एक हजार परिवारलाई सहयोग गर्ने लक्ष्य राखिएको उनको भनाई छ ।