रौतहटमा एक युवकमा कोरोना संक्रमण : संक्रमितको संख्या १४ पुग्यो
काठमाडौं, १ वैशाख ।
रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।