दाङका एक व्यबसायी कुटिए

तिर्थराज ज्ञवाली

देउखुरी, ९ वैशाख ।

लकडाउनको बेला पसल खोलेको भन्दै देउखुरीका एक व्यबसायी माथि कुटपिट गरिएको छ । राप्ती गाउँपालिका वडा नं. ८ मा सञ्चालित वर्षा किराना एण्ड कस्मेटिक पसलका सञ्चालक नन्दराम गुप्तालाई सोही ठाउँ निवासी कालीचरण चौधरीले बुधवार कुटपीट गरि गम्भीर घाईते बनाएको सिसहनिया उद्योग बाण्ज्यि संघले पुष्टि गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दाङ, राप्ती गाउँपालिका तथा सिहनिया उद्योग बाणिज्य संघको सहमति अनुसार नियमानुसार र सामाजिक दुरी कायम गरि पसल खोल्दा ति ब्यक्तिले लकडाउनको बेला पसल खोलेको भन्दै गाँली ब्यज्जती गर्दै बाँसको घाराले कुटपीट गरेको भन्दै संघले बिज्ञप्ति जारी गरि काुनन बमोजिम कारवाही गर्न माग गरेको छ ।

सिहनिया उद्योग बाणिज्य संघ सिहनियाका अध्यक्ष शान्तराज भण्डारी तथा महासचिव ईश्वरी प्रसाद अधिकारीले जारी गरेको बिज्ञप्तिमा न्याय र सुरक्षाका क्षेत्रमा कार्यगर्ने सरोकारवालाहरुले पीडित गुप्तालाई न्याय दिलाईदिन अनुरोध समेत गरेका छन् ।

घाईते नन्दराम गुप्तालाई सिसहनिया स्थीत एक मेडिकलमा प्राथमकि उपचार गरि थप उपचारकालागि घोराही ल्याईएको छ । कुटपिट गर्ने कालीचरण चौधरीलाई सिसहनिया प्रहरीले नियन्त्रणमा लिएको छ

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर