कोभिड– १९ दाङ अपडेट : ५ जनाको रिपोर्ट , ‘नेगेटिभ’

तुलसीपुर, ९ वैशाख ।

कोरोना भाइरस (कोभिड–१९)को परीक्षणकालागि दाङबाट स्वाब संकलन गरि पठाएका ५ जनाको रिपोर्ट आएका छ । उनीहरु सबैको ‘नेगेटिभ’ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए । उनका अनुसार मंगलबार कोरोना बिशेष अस्पताल बेलझुण्डीका ४ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ जनाको रिपोर्ट आएको हो । सोमबार मात्रै बेलझुण्डीका ४ जना र प्रतिष्ठानका ५ जनाको स्वाब संकलन गरि परीक्षणकालागि भैरहवा पठाईएको थियो ।

साथै अहिले दाङमा १६ जना रहेका छन् । प्रतिष्ठानमा ७ जना र बेलझुण्डीमा ९ जना रहेको उनले बताए । साथै मंगलबार दाङको राप्ती गाउँपालिकाका ४ जनाको ¥यापिड टेस्ट गरिएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाका क्वारेन्टाईनमा अहिले ६८ जना रहेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर