लकडाउनको समयमा दाङमा ८ जना महिला तथा वालवालिकामा हिंसा

तुलसीपुर, १६ वैशाख ।

लकडाउनको समयमा दाङमा ८ जना महिला तथा वालवालिका हिंसामा परेका छन् । चैत ११ देखि वैशाख ११ सम्मको समयमा दाङमा ७ जना महिला तथा वालवालिका हिंसामा परेको महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले सञ्चालनमा ल्याएको हटलाईनमा उजुरी परेका छन् । कार्यकारी निर्देशक लुभराज न्यौपानेका अनुसार

देशभर एकसय २८ जना महिला तथा वालवालिकामाथि हिंसा भएको छ । जसमा७२ वटा घरेलु हिंसा, १४ वटा सामाजिक हिसा, १८ वटा बलात्कार, २ वटा बलात्कारको प्रयास, १ वटा हत्या, २ वटा हत्यावाआत्महत्या अनुसन्धानको क्रममा रहेको, ५ वटा यौन दूव्र्यवहारका घटना, १० वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, २ वटा हत्याको प्रयासका घटना रहेका छन् ।

हिंसा गर्ने व्यक्तिहरुमा सबैभन्दा बढी ५४ जनाश्रीमान् रहेका छन् र २९ जना परिवारको सदस्यहरु रहेका छन् । त्यसैगरि २७ वटा घटनाहरुमा छिमेकी, ६ वटामा प्रेमी ठानिएका व्यक्ति, १ घटनामा साथी, १ घटनामा घरमालिक रहेको पाईएको छ भने १० वटा घटनामा पीडकहरुको पहिचानहुनबाँकि रहेको छ । बलात्कारका घटनाहरु भने १३ वटा छिमकीबाट, १ घटना बुबावाट, १वटा परिवारको सदस्यबाट, १ प्रेमी ठानिएका व्यक्तिबाट र २पहिचाननखुलेको व्यक्तिबाट भएको पाईएको छ ।

संस्थामा अभिलेखिकरण भएका घटनाहरुमध्ये ५१ जनाप्रहरीमा उजुरी दर्ताकालागि गएको, १५ जना मेलमिलाप समितिमा गएको, १५ जना हिंसा सहननसकेर आमाबुवाको घर÷ आफन्तकोमागएर बसिरहेका र बाँकिप्रभावितहरुलेकुनै पनिनिकायमा सहयोगकालागिहालउजुरी गरिनसकेकोर वातावरण सहज भएपछि सम्बन्धित निकायमा जाने बताएका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर