दाङमा ८९ स्वाब परीक्षण, सबै नेगेटिभ

तुलसीपुर, १९ वैशाख ।

दाङमा कोरोना भाइरस (कोभिड–१९)को आशंकामा अहिलेसम्म ८९ स्वाब परीक्षण गरिएको छ ।

शुक्रबारसम्म बेलझुण्डी कोरोना बिशेष अस्पतालका ६५ र राप्ती स्वास्वास्थ्य विज्ञान प्रतिष्ठानका २४ जनाको स्वाब परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ का फोकल पर्सन कमल चन्दले बताए । उनका अनुसार ति सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

अहिले बेलझुण्डीका ७ जनाको स्वाब परीक्षणकालागि नेपालगञ्ज पठाएको उनले बताए । त्यस्तै प्रतिष्ठानको आइसोलेसनमा रहेको सबैको डिस्चार्ज भइसकेको छ । अहिले प्रतिष्ठानमा शून्य छ । दाङमा शुक्रबारसम्म एकसय १६ जना क्वारेन्टाइनमा रहेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर