किसानहरु भन्छन् : मलखाद र बिऊ खोज्न हप्तौं धाउनुुपर्छ
शिबराज पन्थी
गढवा २४ बैशाख ।
देश कोरोना भाइरसको महामारीको लकडाउनमा छ । किसानहरुलाई भने खेतिपातिको चटारो सुुरु भएको छ । मल बिऊ खोज्न किसानहरुलाई हप्तौदिन धाउनुु पर्ने स्थिति आएको किसानहरुबाट गुुनासो आउन थालेको छ ।
‘खेतिपातिको सिजन सुुरु भयो,मलबिऊ खोज्न एक हप्ता धाउनुुपर्छ । लकडाउनले गर्दा समयमा खेतिगर्न र मलखाद हाल्न नपाइने भयो’,गढवा ६ का किसान लेखराज पण्डितले भने । बजारमा मकैको बिऊ , धानको बिऊ नपाईने गरेको उनको गुनासो छ । ब्याड राख्ने बेला भएको भएपनि मल, बिऊ कहिले आउने हो, भन्ने बिषयमा समस्या भएको उनको भनाई छ । सरकारले मलखाद र बिऊको सहज आपुुर्ति गर्नुपर्ने गढवा ७ का किसान मोहनलाल चौधरीले बताए ।
कृषि सामाग्री संस्थान लमही शाखाबाट देउखुुरीका सबै क्षेत्रमा मलखादको आपुुर्ति हुुने गर्दछ । कृषक सहकारीले हप्तामा एकदिन लमही स्थित एनआइसि एसिया बैंकमा गएर भौचर भरि पैसा जम्मा गर्नुपर्छ र अर्कोदिन पुुनःमलखाद ल्याउन लमही नै जानुपर्छ । एउटा सहकारीले हप्तामा जम्मा एकसय बोरा मात्र मलखाद पाउँछ । यसरी हप्तामा एकदिन ल्याएको मलखाद किसानहरुका लागि नपुग्ने–पौष्टिक कृषि सहकारी संस्था गढवाका ब्यवस्थापक माधब शर्माले बताए ।
‘गाउँपालिकाले टोल–टोलमा माग संकलन गरि मलखाद पुु¥याइदिने भनेपनि हप्तामा एक दिन १ सयबोरा खादले किसानको माग थेग्नै सकिएको छैन’, उनले भने‘समयमा मलखाद नपाएपछि किसानले खेति कसरी गर्ने ? कम्तिमा हप्तामा २ दिन मलखाद ल्याउने ब्यवस्था मिलाइदिनुपर्छ ।’
गाउँपालिकाले किसानको समस्यालाई ध्यान दिनु पर्ने शर्माले बताए । कुुनै सहकारीले गोदामबाट किसानलाई मलखाद बेचेका छन् भने कुुनै सहकारीले घरदैलोमा पुुगेर माग संकलन गरि ढुुवानी सेवा दिएको भन्दै यसमा स्थानीय सरकारले एकरुपता ल्याउनुु पर्ने उनको भनाई छ ।
गढवा गाउँपालिका र उद्योग बाणिज्य संघले भने किसानहरुलाइ मलबिऊको सहजताका लागि समन्वय गरिरहेको जनाएका छन् । गढवा बजार क्षेत्रमा रहेका ३ वटा एग्रोभेट दैनिक साँझ बिहान खोलेर सामाजिक दुुरी कायम गरि बिऊ बिजन उपलब्ध गराउन अनुुमति दिइएको छ भने गाउँपालिका मार्फत धानको बिऊ ल्याउने तयारी गरिरहेको अध्यक्ष सहजराम यादवले बताए ।
एनआइसि एशिया बैंक हप्तामा २ पटक मात्र खुुल्ने भएकोले गढवा राजपुुरको पालो हप्तामा एकपटक तथा लमही र राप्तीको पालो आर्कोपटक आउने गरेको छ । यसलाई थप सहजता ल्याउन किसानहरुले एकै पटकमा २ वटा भौचर भोरी पैसा जम्मा गरेमा हप्तामा दुुइपटक मलखमद उपलब्ध गराउन सकिने कृषि सामाग्री संस्थान लमही शाखाले जनाएको छ । संस्थान हप्तामा ६ दिन खुुल्ने गरेको छ । बैंकसंग समन्वय गरि किसानहरुलाई मलखाद आपुुर्तिमा सहजता प्रदान गर्ने संस्थानले जनाएको छ । देउखुुरीका चारवटै स्थानीय सरकारले किसानलाई समयमा मलखाद तथा बिऊबिजनको सहज आपुुर्तिको ब्यवस्था मिलाउन कृषि सामाग्री संस्थान र एनआइसि एशिया बैंकसंग यथाशिघ्र समन्वयकारी भूुमिका निर्वाहगर्न कृषि सहकारीहरुले माग गरेका छन् ।