प्रदेश ५ को बजेटमा समेटिएका दाङका योजनाहरु
तुलसीपुर, २ जेठ ।
प्रदेश नं. ५ सरकारले सोमबार बजेट सार्बजनिक गरेको छ । मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्री शंकर पोखरेलले सार्बजिनक गरेको बजेटमा दाङका निम्ना कुरामा बजेट बिनियोजन गरिएको छ ।
– उत्तरकुमार वली सडक सुरक्षा कार्यक्रमकालागि तीन करोड ५५ लाख । १२ वटै जिल्लामा सवारी दुर्घटना न्यूनिकरणकालागि दाङका प्रदेश सांसद स्व.उत्तरकुमार वलीको सम्झनामा उक्त बजेट बिनियोजन गरिएको हो ।
– दाङमा मौरी र रेशम खेतिको स्रोत केन्द्रीका रुपमा विकास हुने ।
– दाङमा पनि भेटनरी अस्पताल निर्माणको प्रक्रिया अघि बढ्ने ।
– दाङको घोराही र तुलसीपुरको विकासकालागि गुरुयोजना तयार गरिने ।
– लमहीमा पहाडी कृषि बस्तुको संकलन हुने
– दाङमा डिपार्टमेन्ट स्टोर स्थापना गरिने
–नेत्रलाल अभागीको घोराहीमा सालिक निर्माण गरिने
–दामोदर मार्ग निर्माण कार्यले निरन्तरता पाउने
–घोराही स्थित घोरधौराको संस्कृतिक डबली निर्माण यस बर्ष पूरा हुने ।
– नेत्रलाल अभागी रंगशाला साफ स्तरको बन्ने
– प्राबिधिक शिक्षाको भवनकालागि तुलसीपुर र रुकुमपूर्वमा ९ करोड
– ऐतिहाँसिक स्थल हापुरे र नरैनापुरमा स्वास्थ्य सेवाकालागि तीन करोड
– राप्ती प्रादेशिक अस्पतालको गुरुयोजना तयार गरिने
– राप्ती प्रादेशिक अस्पताल बिशिष्टिकृत बन्ने
–बिजौरीमा आयुर्वेद औषधी उत्पादन केन्द्र बन्ने
– राप्ती प्रादेशिक अस्पतालमा मुटु रोगको बिशेषज्ञ सेवा प्रदान गरिने
– लमहीमा ट्रमा सेन्टर निर्माणकालागि ५ करोड
तुलसीपुर बहुप्राबिधिक शिक्षालय र भीम अस्पतालकालागि २१ करोड बजेट