शान्तिनगर ७ द्वारा किसानहरुलाई हाते ट्याक्टर उपलब्ध

तुलसीपुर, २६ असार ।

दाङको शान्तिनगर गाउँपालिका वडा नं. ७ ले किसानहरुलाई हातेट्रयाक्टर सहयोग गरेको छ । किसानहरुलाई प्रविधीसंग जोड्नकालागि अनुदानमा किसानहरुलाई हातेट्याक्टर सहयोग गरिएको वडाध्यक्ष पिमलाल वलीले बताए ।

उनका अनुसार किसानको ५० प्रतिशत र वडाको ५० प्रतिसत लगानीमा किसानहरुलाई चारवटा हातेट्याक्टर सहयोग गरिएको हो ।

हिलेखालि कृषि सहकारी , धनौरा कृषि समूह, निर्धन कृषि समूह तुलसीपुर र खैरेनी कृषि समूहलाई हाते ट्याक्टर सहयोग गरिएको हो । वडाले कृषकहरुलाई बिशेष प्रोत्साहन गर्दै आएको छ । सोही वडामा स्मार्ट कृषि गाउँ समेत सञ्चालित छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर