तुलसीपुर उद्योग वाणिज्य संघद्वारा तीन जनालाई सम्मान
शरद रेग्मी
तुलसीपुर, २६ साउन ।
तुलसीपुर उद्योग वाणिज्य संघले हालै नियुक्त भएका तीन जनालाई सम्मान गरेको छ । मनोनित प्रदेशसभा सदस्य शंकर प्रसाद गिरी, भूमि सम्बन्धि समस्या समाधान आयोगमा नवनियुक्त केन्द्रिय सदस्य शोभाराम बस्नेत र नेपाली कांग्रेसको यातायात विभागमा केन्द्रिय सदस्यमा नियुक्त शुरेश हमाललाइ संयुक्त रुपमा सम्मान गरेको हो ।
संघका अध्यक्ष वीर वहादुर रावतको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै तीनै व्यक्तित्वले दाङको विकाशको साझा मुद्धालाइ राजनितिक आंखाले मात्र नहेरेर समझदारी र सहकार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनीहरुले तुलसीपुर खानेपानी तथा तुलसीपुर उद्योग वाणिज्यसंघमा पनि निर्विरोध रुपमा साझा नेतृत्व खोज्नुपर्ने पनि बताएका थिए ।
सम्मान कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य शंकर प्रसाद गिरीले आफुले दाङ लगायत ५ नंवर प्रदेशका जनताबाट पाएको समानुपातीक मतको सम्मान गर्दै दाङको विकाशमा सधै प्रतिवद्ध रहने बताए । वर्तमान अवस्थामा कोभिड—१९ को विश्वव्यापी संक्रमणले नेपाललाइ पनि त्रसित बनाउंदै आएको अवस्थामा आम नागरीकको स्वास्थ्य उपचार तथा संक्रमणबाट जोगाउने सवालमा प्रदेशसभामा जोडदार आवाज उठाउने पनि बताए । यो विषम परीस्थीतिमा पक्षप्रतिपक्षनै नभनेर लाग्नुपर्ने अवस्था आएको पनि उनको अभिव्यक्ति थियो ।
एक अर्को प्रसंगमा प्रदेशसभा सदस्य गिरीले सरकार आफ्नै अन्तरकलहमा गुज्रिरहेकाले मुलुक गम्भीर रुपमा असहज परीस्थीतिमा मोडिन थालेको भन्दै सरकारलाइ जनमतको सम्मान गर्न पनि सुझाव दिए । प्रदेशको समानुपातिक विकाशमा आफुले आवाज उठाइरहने भन्दै विकाशको साझा मुद्धालाइ आफुले सधै प्रार्थमिकतामा राख्ने बताए । ‘मलाइ थाहा छ, पांच नंवर प्रदेशको स्थाइ राजधानी र नामाकरण समेत तोकिएको छैन, तर हरेक हिसावले दाङलाइ प्रदेशको राजधानी बनाउनुपर्छ, अव प्रादेशिक राजधानीको रथ पश्चिमतर्फ लागी सक्यो’—प्रदेशसभा सदस्य गिरीले भने ।
सम्मान कार्यक्रममा भुमि संबन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य शोभाराम बस्नेतले अव्यवस्थीत बसोबास रहेका जिल्लाका सवै भुभागमा भुमिहिनहरुको वास्तवीक लगत लिन थालेको बताउंदै संघिय संसदले भुमिहिनसंबन्धि विधेयक पारीत गर्नासाथ आफुले पनि जिल्लामा काम थाल्ने बताए । आफुले लामो समयसम्म राजनितिमा समय खर्च गरेको बताउंदै उनले जिल्लामा व्यवस्थीत बसोबासको अवधारणालाइ कार्यन्वयन गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । उनले तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउपालिका र दंगिशरण गाउपालिकामा ऐलानी जग्गा भोगचलनको तथ्यांक लिनकालागी स्थानिय पालिकालाइ आग्रह गरीसकेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रिय यातायात विभागमा नवनियुक्त केन्द्रिय सदस्य शुरेश हमालले आफ्नो यातायात क्षेत्रमा क्रियाशिल लामो समयसम्मको अनुभवलाइ पार्टिले उच्च मुल्यांकन गरेकोमा केन्द्रिय समितिलाइ धन्यवाद व्यक्त गरे । सम्मान कार्यक्रममा उनले सार्वजनिक यातायात क्षेत्र धरासायी भएको अवस्थामा यसलाइ सुधार्न पार्टिले आफुलाइ सुम्पेको जिम्मेवारीलाइ कहिकतैपनि विचलित नभएर निर्वाह गर्ने बताए । सार्वजनिक यातायात क्षेत्रलाइ चलायमान गराउन र यातायात व्यवसायीका समग्र समस्यामा सरकार जिम्मेवारीपुर्वक नलागीरहेको अवस्थामा कांग्रेसले यातायात क्षेत्र सुधारका सन्दर्भमा आफुलाइ तोकेको जिम्मेवारी पुरागर्न आफु प्रतिवद्ध भएर लाग्ने बताए ।
स्वागत तथा सम्मान कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्यसंघका निवर्तमान अध्यक्ष विमल रिजाल, प्रेस सल्लाहकार शरद रेग्मी लगायतले सम्मान मन्तव्य व्यक्त गरेका थिए । संघका महासचिव रुप वहादुर खत्रीले सहजीकरण गरेको स्वागत तथा सम्मान कार्यक्रममा उपाध्यक्ष रामप्रसाद चालिसेले धन्यवाद ज्ञापन गरेका थिए ।