पानीमा डुबेर दुई बालिकाको मृत्यु
तुलसीपुर, २ भदौ ।
दाङमा पानीमा डुवेर दुई वालिकाको मृत्यु भएको छ । सोमबार बेलुका ५ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १७ गैरागाउँ बस्ने मनोज चौधरीको १५ महिनाकी छोरीको मृत्यु भएको प्रहरीले बताएको छ ।
आफ्नै घरको आगनमा खेल्ने क्रममा घर नजिकैको कुलोमा डुवेको बालिकाको उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यसतै गढवामा बाल्टिको पानीमा डुबेर एक बर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउापालिका वडा नं.४ खजरौट बस्ने महोमदरजा मियाको घर नजिकै खेल्ने क्रममा बाल्टीमा डुबेर घाईते भएको अवस्थामा स्थानिय मेडिकलमा उपचारको क्रममा सोमबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।