रानीघाट युवा क्लबको कोरोना सचेतना अभियान

डिल्लिराज भुसाल

तुलसीपुर, २४ भदौ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थ्ति रानीघाट युवा क्लबले कोरोना सचेतना अभियान सुरु गरेको छ । क्लबले पर्सेनी चोकबाट अभियान थालनी गरेको छ । क्लबका अध्यक्ष नारायण न्यौपानेको अध्यक्ष्ता तथा वडाध्यक्ष टोपबहादुर केसीको प्रमुख आतिथ्य एवं वडा सदस्य राम बहादुर जिसीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

क्लबका सल्लाहकार शंकरमान बिष्टले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रमुख अतिथि केसीले साबुन पानीले हात धोएर उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा तरुण दल वडा सभापति दीपक केसी, जनता समाजवादीका दीपक पोख्रेल ,राष्ट्रिय जनमोर्चाका नगर कमिटी अध्यक्ष श्याम लाल पोख्रेल, नेपाली कांग्रेसका क्षेत्रीय उपसभापति प्रेम बहादुर कुमाललगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

त्यस अवसरमा बटुवा तथा स्थानीयहरुलाई मास्क, पञ्जा तथा आयुर्वेदिक जडिबुटी (गुर्जो) वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि केसीले तातो पानी ,बेसार ,तुलसीको पात, लहरे गुर्जोलाई पकाएर नियमित सेवन गर्न अनुरोध गरे ।

उनले कोरोना लाग्नबाट वच्न सामाजिक दुरि कायम राख्नु पर्ने , मास्कको सहि प्रयोग गर्नु पर्ने तथा कोरोना सक्रमितलाई माया र ढाडस दिनुपर्ने बताए । कार्यक्रममा क्लबका सल्लाहकार शंकरमान बिष्टले रु ५५०० को राहत कोष को स्थापन गरेका थिए । क्लबले २४ गते कालाखोला ,२६ गते मिलन चोकमा कोरोना सचेतना अभियान तथा मास्क ,पञ्जा र लहरे गुर्जो वितरण गर्ने भएको छ । साथै उक्त अभियान सहयोग गर्न अनुरोध गरिएको छ । कार्यक्रमको सहजीकरण सचिव डिल्लीराज भुसााले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर