पीसीआर शूल्क दुईहजार रुपैयाँ मात्र

दाङ, २९ भदौ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अधिकतम परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकिएको जानकारी दिए । उनका अनुसार अब निजी तथा सरकारी सबै प्रयोगशालाले पिसिआर परीक्षण गरेबापत अधिकतम दुई हजार रुपैयाँ लिन पाउने छन् ।

यसअघि प्रयोगशालाहरूले अधिकतम ४ हजार ४ सय रुपैयाँ लिन पाउने भनिएको थियो । विश्व बजारमा पिसिआर परीक्षण गर्न चाहिने आवश्यक किटको मूल्य घटेको र विश्व बजारमै यसको शूल्क पुनारावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटाइएको मन्त्रालयले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर