बेलझुण्डीमा थप एक कोरोना संक्रमितको मृत्यु

तुलसीपुर, १४ मंसीर ।

 कोरोना विशेष अस्पताल बेलझुण्डीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही १० का ६९ बर्षिया एक महिलाको आईतवार दिउँसो साढे 1 बजे मृत्यु भएको हाे ।

कोरोना संक्रमित ती महिला यहि मंसीर ४ गते देखी अस्पतालको आईसियुमा उपचाररत थिईन । उनीमा दम र निमोनियाको समस्या रहेको थियो ।

यो संगै कोरोना विशेष अस्पतालमा हाल सम्म भर्ना भई निधन हुनेको संख्या ४ पुगेको छ ।

हाल सम्म दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर