बीरमान दम्पतिलाई पक्की घर

शिबराज पन्थी ।

गढवा ४ पुष । रेडक्रसको त्रिपाल मुनी २ बर्ष बिताएका गढवा ६ का बिरमान दमाई र कुस्मी दमाईले सरकारले बनाइदिएको पक्घिर पाएका छन् । शनिवार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका सांसद एवं जनता आबास कार्यक्रम प्रदेश १ क का संयोजक इन्द्रजित थारुले बिरमानका दम्पतिलाई टिका र माला लगाएर बिधिवत् रुपमा घर हस्तान्तरण गरेका हुन् ।

खरको चुहिने छानो । सिठाको बार त्यो पनि हाबा हुरी र बर्षात्को पानीले छानो र भित्तो भत्काएपछि गढवा ६ प्रगति नगरका बिरमान दमाईका बृद्ध दम्पति २ बर्ष सम्म रेडक्रसले दिएको त्रिपालमुनि जिबन गुजारा गर्दै आएका थिए । सांसद चौधरीले बिरमान दम्पतिको प्रदेश सरकारको जनता आबास कार्यक्रम मार्फत घर बनाइदिने प्रतिवद्धता जाहेर गरेका थिए । सोहि बमोजिम २ कोठा,चर्पि र ब्राण्डा सहितको घर तयार भयो । घर बनेपछि बिरमान दम्पति खुसी भएका छन् । जिवनमा पक्किघरमा बस्ने सपनामा पनि सोंचेको थिइन,सरकारले घर बनाइदियो । अहिले जुनी बदलेको महसुस गरेको छु–बिरमान दमाइले भने ।

प्रदेश सरकारको जनता आबास कार्यक्रम अन्तर्गत शहरी बिकास तथा भवन डिभिजन कार्यालयको प्राबिधिक सहयोगमा ३ लाख ३६ हजार अनुदानमा बिरमान दमाइको घर तयार भएपछि हस्तान्तरण गरिएको छ । कार्यक्रममा सांसद थारुले नेपालको संबिधानमा उल्लेख भए बमोजिम गरिब जनतालाई आबासको मौलिक हक अन्तर्गत बिरमान दमाइको घर बनेको बताउदै शिक्षा,स्वास्थ्य,रोजगार,खाद्य सम्प्रभूत्व जनताको मौलिक हक अन्र्तगत सरकारले संबिधानको कार्यान्वयन गर्दै रहेको धारणा राखे । सिमान्तकृत र श्रमजिवि बर्गको मौलिक हक र उनिहरुको सम्मान गर्नु राज्यको दायित्व भएको बताउदै घर बनाउने अभियानमा सहयोग गर्ने सबैलाई सांसद थारुले धन्यवाद दिए ।

घर हस्तान्तरण कार्यक्रममा बोल्दै गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबिलाल आचार्यले प्रदेश सरकारले बिरमान दमाइको घर निर्माण गरि अभिभावकत्वको भूमिका निर्बाह गरेकोमा प्रशंसा ब्यक्त गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गढवाका इन्चार्ज यमनारायण पोखे्रल बिश्वास,नागरिक समाज गढवाका संयोजक मोहन कुमार पाण्डेय,दलित शसक्तिकरण अभियान गढवाका अध्यक्ष बेगम गहतराज र देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष गिरिराज भट्ट लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रदेश सरकारको जनता आबास कार्यक्रम अन्तर्गत पहिलो बर्ष आफ्नो निर्वाचन क्षेत्रमा ४३ घर गतबर्ष पनि ४३ घर र यसबर्ष कोभिड महामारीका कारण ६ वटा घर निर्माण भएको कार्यक्रममा सांसद थारुले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर