तुलसीपुर एयरपोर्ट सञ्चालनमा आउने
दाङ ४ असोज ।
दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपाेर्ट सोमबारदेखि सेवा सञ्चालन गर्ने भएको छ । लकडाउनको कारणले रोकिएको हवाइ सेवा सोमबारदेखि सुरु गर्ने तयारी रहेको नेपाल एयरलाइन्सका प्रमुख निमकान्त लम्सालले बताए । उनका अनुसार यात्रुको संख्यामा बृद्धि भएमा उडान थप्न सकिने छ । सबै सिटमा यात्रु राखेर उडान भरिने उनको भनाई छ । अहिले १३ सिट क्षमता भएका जहाज आउछ । जहाजको दाङ, काठमान्डौं भाडा ५ हजार ७ सय ७० भएको छ भने काठमान्डौंको भाडा ५ हजार ९ सय ६० रहेको छ ।