तुलसीपुरमा थपिए दुइजनामा कोरोना संक्रमित
तुलसीपुर, १० असोज ।
दाङको तुलसीपुरमा थप दुइजना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का २७ बर्षीय महिला, वडा नं. ८ का २६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले बताए । लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । यो संगै तुलसीपुरमा सक्रिय कोरोना संक्रमितको संख्या ५६ पुगेको छ । भने, जम्मा संक्रमित संख्या २२४ पुगेको छ ।