दंगीशरणमा ७८ जनामा सिकलसेल देखियो

दिप्तीशिखा चौधरी

दंगीशरण, २७ असार ।

दाङको दंगीशरण गाउँपालिकामा ७८ जनामा सिकलसेल ऐनिमिया देखिएको छ । गाउँपालिकाले वडा नं. ३,६ र ७ मा रहेका थारु समुदायहरुको स्वास्थ्य परीक्षण गर्दा ७८ जनामा सिकलसेल पोजेटिभ देखिएको हो ।

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत थारु समुदायको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिदै सिकलसेल एनिमिया शिविर संचालन गरिएको हो । शिविरमा ४ सय ७४ जनको स्वास्थ्य परिक्षण गरिएको श्रीगाउँ स्वास्थ्य केन्द्रको हेल्थ असिस्टेन्ट दोर्ण वलीले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले थारु समुदायहरुको बंशानुगत रोग भएको भन्दै विपन्न थारु परिवारकालागि यो ठूलो भार भएको बताए । उनले सिकलसेलका बारेमा स्वास्थ्यकर्मीकालागि तालीम, जनचेतना अभिबृद्धिका लागि गाउँ तहमा सचेतना कार्यक्रम,पर्याप्त बजेटको ब्यवस्था, रगत परिक्षण गर्ने मेसिन खरीद लगाएतका बारेमा कार्यक्रम तयार गर्ने बताए । शिवीरमा वडा न। ३ का वडा अध्यक्ष पूर्ण बहादुर चौधरी, वडा न। ६ का वडा अध्यक्ष टंक बहादुर वली, वडा न। ७ का वडा अध्यक्ष एंव प्रवक्ता विर बहादुर वलीको सहभागिता थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर